back

राष्ट्र बैंकले भन्यो भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फण्डको कारोबार नगर्नू

राष्ट्र बैंकले भन्यो भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फण्डको कारोबार नगर्नू
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानूनी रहेको भन्दै पुनः सचेत गराएको छ ।

आज (सोमबार) केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको जनाएको छ ।

यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको भन्दै यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

‘भर्चुअल करेन्सीरक्रिप्टो करेन्सी (स्टेबल क्वाइन समेत) पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय समेत स्मरण गराइएको छ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिबन्धित यस्तो कारोबारमा नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने स्वदेश तथा विदेशमा बस्ने नेपाली तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म तथा संघसंस्थ, नेपालमा दर्ता भएको कम्पनीहरु र एजेन्सीहरूले यस्तो कारोबार गर्नु गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘कुनै पनि प्रकारका भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्कीङ मार्केटीङ तथा हाइपर फन्डमा कारोबार गरेरगराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्नेरगराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने छ ।’




काठमाडौं फनपार्कसहित ५ संस्थाले बुझाए महानगरलाई ७१ लाख बढी कर

काठमाडौं फनपार्कसहित ५ संस्थाले बुझाए महानगरलाई ७१ लाख बढी कर

वि.सं.२०७९ भदौ २७ सोमवार १७:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाकाको ताकेता गरे पछि पाँच संस्थाले ७१...

नेपाली स्याउले बजार पाएनन्:  विदेशबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रियो

नेपाली स्याउले बजार पाएनन्: विदेशबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रियो

वि.सं.२०७९ भदौ २२ बुधवार ११:०२

काठमाडौं । नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा...

सरकारको होसियारीले अर्थतन्त्र लयमा फर्कियोः अर्थमन्त्री

सरकारको होसियारीले अर्थतन्त्र लयमा फर्कियोः अर्थमन्त्री

वि.सं.२०७९ भदौ १९ आइतवार १०:३९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने...

चितवनमा २ अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

चितवनमा २ अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

वि.सं.२०७९ साउन २३ सोमवार ११:२३

काठमाडौं । चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर...

कसरि हुन्छ व्यापार घाटा?,यस्ता छन् व्यापार घाटा कम गर्ने उपायहरु

कसरि हुन्छ व्यापार घाटा?,यस्ता छन् व्यापार घाटा कम गर्ने उपायहरु

वि.सं.२०७९ साउन १० मंगलवार ११:२०

काठमाडौं । आयात र निर्यात बीचको भिन्नतालाई व्यापार ब्यालेन्स भनिन्छ...

राष्ट्र बैंकको नयाँ आवको मौद्रिक नीति : कसको प्रतिक्रिया कस्तो ?

राष्ट्र बैंकको नयाँ आवको मौद्रिक नीति : कसको प्रतिक्रिया कस्तो ?

वि.सं.२०७९ साउन ८ आइतवार १२:२७

नेपाल राष्ट्र बैंकले नयाँ आवको मौद्रिक नीति सार्वजनिक गरेको छ...