back

विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज-२०२२’ आयोजना हुँदै, यसरि आवेदन दिनुहोस

काठमाडौं । विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ ।

गैर आवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटिले कार्यक्रम आयोजना गर्न लागेको हो ।

आज आइतबार शिक्षा पत्रकार समूह र गैर आवासीय नेपाली संघ अमेरिकाले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरिएको हो ।

यसमा स्नातक तह अध्ययनरत अमेरिका र नेपाल दुबै देशका विद्यार्थीहरु सहभागी हुन पाउछन् । ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रमका संयोजक एवं साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटिका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिए ।

विद्यार्थीहरुमा ‘क्रिटिकल थिङ्किङ’को विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको डा. पाण्डेले बताए ।

प्रतिस्पर्धामा समूह कार्यबाट सिकाइ आदानप्रदान हुने, एकअअर्कामा सांस्कृतिक ज्ञान र अन्तरघुलन हुने, सिकाइ सीप सिक्ने अवसर पाउने अपेक्षा राखिएको उनको भनाइ थियो ।

दुबै देशमा अध्ययनरत विद्यार्थीलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराएर प्रथमलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गर्ने सङ्घका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए ।
यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालय तहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो । यसपटक भने स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो ।

प्रतिस्पर्धामा एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ । जसमा विद्यार्थीहरु समूहमा बसेर काम गर्ने र समूहमै ‘आइडिया’ प्रस्तुत गर्ने डा. पाण्डेले जानकारी दिए ।

यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित [email protected] मा इमेलमार्फत् आउँदो मार्च २० भित्र आवेदन दिन सक्नेछन् । त्यसपछि दुईसय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुपर्नाको कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ताभित्र पठाउनुपर्नेछ । सोही लेखनका आधारमा आवेदकमध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ ।

यसरी छानिएका दुबै देशका विद्यार्थीहरुलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ । अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रुपमा बुझाउनुपर्नेछ ।

अन्त्यमा मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने जनाइएको छ ।

सीप क्षमता आदानप्रदान गर्ने र स्रोत प्रदान गरेर त्यसको परिचालनका विषयमा प्रस्तुत गरेका प्रस्तावका आधारमा राम्रो प्रस्तुतिलाई पुरस्कृत गरिने डा. पाण्डेले जानकारी दिए ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका प्रवक्ता तोया दाहालले अमेरिकामा कार्यक्रमभन्दा पनि मान्छेका अवधारणा र योजना विनिमय हुने हुँदा दुबै देशका विद्यार्थी मिलेर समूहगत रुपमा आपसी योजना बनाउने संलग्नताले सकारात्मक परिणाम मिल्ने विश्वास व्यक्त गरे ।

यस खालको प्रतिस्पर्धाले दुई देशका समकक्षी विद्यार्थीलाई समूह बनाइ आपसी सद्भाव, विश्वास, सम्बन्ध प्रगाढलगायतका सीप आदानप्रदान गर्न सघाउ पुग्ने संघका अध्यक्ष सुवेदीले जानकारी दिए । यसको प्रभावकारितालाई हेरेर यसलाई विस्तार गर्न सकिने उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ले प्रतिस्पर्धाले विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउने, समूह कार्य र दुई देशका विद्यार्थीहरुको ज्ञान आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

गैर आवासीय नेपाली संघ युएसए र शिक्षा पत्रकार समूहबीचको अर्थपूर्ण सहकार्यको सुरुवातले नेपालको शिक्षा विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...