back

खेम रिन्पोछे टाँसी छिरिङ्ग : जसले हजारौं विपन्नलाई शिक्षाको उज्यालो दिए

चन्दाले चलेको ‘ङग्युर मेमोरियल स्कूल’ : जसले हजारौं विपन्नहरुको जीवन बदल्यो

काठमाडौं । मानिस मरेर गएपनि उनका कामहरु सँधै अमर रहोस् भन्ने उखानका एक उदाहरणीय व्यक्ति बनेका छन् गोर्खा चुननुब्री गाँउपालिकाका खेम रिन्पोछे टाँसी छिरिङ्ग । हिमाली भेगमा जन्मिएका उनले आफ्नो गाउँठाउँमा पढ्नकै लागि गरेको दुःख र संघर्षहरु आफ्नै आँखाले देखे र भोगे ।

शिक्षाका लागि आम नेपालीहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै टाँसी छिरिङ्गले २०१३ मा ‘ङग्युर मेमोरियल स्कूल’ नामक विद्यालय स्थापन गरेका थिए । सानै उमेरदेखि पढाइमा औधि रुचि राख्ने उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । तर उनको यस्तो लोभलाग्दो सक्रियता लामो समय रहन सकेन् । ०७८ तिर विश्वभर फैलिएको कोरोनाका कारण उनले सँधैका लागि आँखा चिम्ले ।

उनले संसार छाडेपनि उनकै परिकल्पना र मेहेनतका साथ स्थापना भएको ङग्युर मेमोरियल स्कुलले अहिलेपनि उत्तिकै तारिफ कमाइरहेको छ ।

हिमाली भेगका कोहीपनि बालबच्चा पढाइबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले साथ उनले ङग्युर जस्तै अरुपनि विद्यालय संचालsन गरिरहेका छन् । त्यसमध्य उदाहरणीय बनेको काठमाडौंको चन्द्रागिरी नगरपालिकाको ङग्युर मेमोरियल स्कुलले आर्थिक अवस्था कमजोर भएका, गरिब वा विपन्न साथै अभिभावक नभएकाहरु सात सय बढी विद्यार्थीहरुलाई आवाससहितको शिक्षादिक्षा प्रदान गरिरहेको छ ।

विभिन्न मनकारी व्यक्ति र संस्थाहरुको सहयोगमा विद्यालयले विद्यार्थीहरुलाई खाने बस्ने व्यवस्थासहित लत्ताकपडाको समेत व्यवस्था गरिरहेको विद्यालयका महासचिव अथवा लुम्बिनी विकास कोषका उपाध्यक्ष खेन्पो छिमे छिरिङ डा.ल्यारकयाल लामाले जानकारी दिए ।

गरिबी र विपन्नताका कारण शिक्षाको उज्यालोबाट बन्चित भएका विद्यार्थीहरुलाई नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सन्चालन गर्नेगरि विद्यालयको स्थापना गरिएको पनि उनले बताए ।

‘पछिल्ला बर्षमा यस विद्यालयमा बार्षिक ६० देखि ७० जना भन्दा बढी विद्यार्थीको भर्ना हुनेगर्छ । यहाँ अध्ययन गरिरहेका सातसय भन्दा बढी विद्यार्थीमध्ये धेरैजसो बुबाआमा नभएका विद्यार्थी छन् । लगभग ४० जिल्लाका विद्यार्थीले पढ्न पाइरहेका छन्,’ उनले भने ।

गरिब वा विपन्न परिवारका व्यक्तिहरुले राम्रो शिक्षा दिन नसक्ने साथै नजिकै सरकारी विद्यालय नभएकाहरुलाई विशेष प्राथमिकता दिने गरेको पनि उनले सुनाए ।

‘हुनत हामीले हिमाली मात्र नभई मधेसी, जनजाति तथा पहाडी भेगका गरिब विपन्न वर्गका पनि विद्यार्थीहरुलाई ल्याएर पनि पढाइरहेका छौं । जे होस गरिवि र अभावले कोहीपनि विद्यालय जानबाट बन्चित नहोस भनेर यस्तो प्रयास गरेका हौं,’ महासचिव लामाले भने ।

मनकारी केही विदेश र स्वदेशका मानिसले दिएका चन्दाबाट विद्यालय चलाइरहेको भएपनि सरकारले कुनै सहयोग नगरेको महासचिव लामाले बताए ।

‘हाम्रो मुल उद्देश्य भनेको नै गरिब वा विपन्न परिवारका व्यक्तिहरुलाई राम्रो शिक्षा दिन नसक्ने, सरकारी स्कुल नभएका गाँउका बच्चाहरुलाई अलि बढी प्राथमिकता दिने गरेका छौँ ।  हिमाली भेगकालाई मनिसलाई अलि बढी प्रथामिकता त दिइ नै रहेका छौँ । तर मधेसी, जनजाति तथा पहाडी भेगका गरिब वा विपन्न वर्गका विद्यार्थीहरुलाई ल्याएर पढाई रहेका छौं । गरिब एवम विपन्न वर्गका कुनैपनि मानिसहरु शिक्षाबाट बन्चित नहोस् भन्ने उद्देश्यले नै विद्यालय संचालनमा ल्याइएको हो,’ लामाले भने ।

‘देश भित्रबाट वा बाहिरबाट शिक्षामा चासो देखाउनेहरुले माया गरेर जम्मा भएको चन्दाले विद्यार्थीहरुका लागि खानेबस्ने, किताबदेखि लगाउने कपडासम्म सुविधा दिने गरेका छौं । मुख्य आयस्रोत भनेकै चन्दा हो । विदेशमा गएर मैले पनि प्रवचन दिने गरेको छु, मैंले लेखेका किताबबाट पनि रकम संकलन हुन्छ । तर सरकारलाई धेरैपटक निवेदन दिँदापनि वेवास्ता गर्यो,’ लामाले दुखेसो गरे ।

निशुल्क शिक्षा दिने उद्देश्यले खोलिएको संस्थाप्रति राज्यको दृष्टिकोण सकारात्मक नरहेको उनले बताए ।

‘यो पैसा कमाउने संस्था होइन् । फ्रि एजुकेशन दिने एउटा विद्यालय हो । धेरै गुरुहरुलाई फ्रिमै किताब दिनुहोला भनेर निवेदन दिएका थियौँ तर सहयोग मिलेन् । नजिकका पालिकाहरुसँग समन्वय गर्न खोजेका थियौँ कतैबाट पनि सहयोग भएन । स्थानीय तहसँग केही अपेक्षा गरेको छैन तर केन्द्र र प्रदेशबाट धेरै पहल गर्दा उपलब्धि भएको छैन्,’ उनले भने ।

खेम रिन्पोछे टाँसी छिरिङ्ग नभएपनि उनले सकरात्मक भावनाकासाथ स्थापना गरेको विद्यालयको सेवालाई थप प्रभावकारी बनाउनेमा आफूहरु कटिबद्ध रहेको सुनाए ।

सोही विद्यालयमा अध्ययनरत कर्म मन्तेल लामा अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । उनी १० बर्षदेखि विद्यालयमा अध्ययन गर्दै आएका छन् । ‘यो विद्यालयले मलाई जीवन दिएको छ । विद्यालय हाम्रो लागि मन्दिर हो । यहाँ पढाउने सबै शिक्षकहरु भगवान हुनजस्तो लाग्छ ,’ उनले भने ।


काठमाडौंका निजी विद्यालयहरुमा चरम लापरवाही, विभिन्न बाहानामा चर्को शुल्क असुली

काठमाडौंका निजी विद्यालयहरुमा चरम लापरवाही, विभिन्न बाहानामा चर्को शुल्क असुली

वि.सं.२०८२ असार २० शुक्रवार १६:२२

काठमाडौं । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले...

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता केसी को संघर्ष

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता केसी को संघर्ष

वि.सं.२०८२ असार २० शुक्रवार १६:०९

काठमाडौं । जहाँ संसारले पीडितहरूको चिच्याहटलाई सुनेर पनि चुपचाप आँखा...

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

वि.सं.२०८२ असार ५ बिहीवार १९:४५

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल...

नेपालमा प्रशासनिक प्रक्रिया झन्झटिलो र न्याय मंहगो छ

नेपालमा प्रशासनिक प्रक्रिया झन्झटिलो र न्याय मंहगो छ

वि.सं.२०८२ जेठ १४ बुधवार १०:०३

नेपालमा प्रशासनिक प्रक्रिया झन्झटिलो छ । न्यायीक प्रक्रियामा नै अगाडि...

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

वि.सं.२०८२ जेठ ४ आइतवार ११:५१

‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै...

बागमती प्रदेश सरकार उत्पादनमुखी बजेट निर्माणको अभियानमा छ : मन्त्री काफ्ले

बागमती प्रदेश सरकार उत्पादनमुखी बजेट निर्माणको अभियानमा छ : मन्त्री काफ्ले

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:३१

कुन्दन राज काफ्ले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको...