back

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ: प्राडा दाहाल

वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थितिअनुसारको शिक्षा ल्याउन सक्नुपर्छ । त्यस्तो शिक्षाले मात्र समाज बन्छ ।
प्राडा राम प्रसाद दाहाल
शिक्षाविद्

काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान सरकारले शिक्षालाई राजनीतिबाट टाडा राख्न सुझाव दिएका छन् । उनले शिक्षालाई प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थिति अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थितिअनुसारको शिक्षा ल्याउन सक्नुपर्छ । त्यस्तो शिक्षाले मात्र समाज बन्छ ।’

कतिपय देशमा शिक्षा–स्वास्थ्य निःशुल्क गरेकाले नेपालमा पनि विद्यालय शिक्षा निःशुल्क गर्नुपर्नेमा उनको जोड छ । उनका अनुसार सरकारले निःशुल्क शिक्षाको अवधारणा अनुसार काम गर्नुपर्ने औल्याउँदै भावी दिनमा कुशल, आदर्शवान र चरित्रवान शिक्षकको रुपमा जन्मिने वातावरण बनाउनुपर्ने पनि बताए ।

प्राडा दाहालले भने,‘शिक्षाका सम्बन्धमा संविधानभित्र नमिल्दो छ भने मिलाउपर्छ । मापदण्ड वा योग्यताको आधारमा नियुक्ति गर्ने, क्षमतालाई प्रोत्साहन दिनेगरी काम गर्नुपर्छ,’ उनले अगाडि भने,‘ शिक्षा शिक्षाकै रूपमा विकास हुनुपर्छ । त्यहाँ राजनीति विस्तार वा राजनीति मिसिएर आउनु हुँदैन । शिक्षा राजनीति भन्दा बाहिरै हुनुपर्छ ।’

नेपालमा एउटाले खारेज गर्ने, अर्काले हडताल वा बन्द गर्ने परिपाटी मौल्याएको बताउँदै उनले भने,‘शिक्षाको मन्दिर यस्तो पवित्र बनाउनुपर्यो कि सबैको एउटै कर्तव्य र दायित्व बनाएर लैजानुपर्छ ।’ प्राडा दाहालले वर्तमान सरकारले राजनीतिलाई पाँच वर्षसम्म चलाउन गुरुमन्त्र लिनुपर्ने बताए । उनले जनताले विश्वास सरकार भएकाले काम गर्ने अवसर पर्याप्त पाएको दाबी गरे ।

उनले भने, ‘हालको सरकार दुई तिहाइ नजिक छ । अब स्थिर हुनुपर्यो । उहाँहरु आफैं बीचमा झगडा, मनमुटाब र म ठूलो भनेर झगडा गर्नु थाल्नु भएन् । जनमत फेरि विगारनु हुँदैन । अहमबाट मुक्ति लिएर, जनताका सेवक हौँ भन्ने भावनाको विकास हुनुपर्छ । मिलेर पाँच वर्ष जानुपर्छ । गुरुमन्त्रले लिएर अगाडि बढ्नुपर्छ ।’

उनका अनुसार आशावादी मत ल्याउने सरकारले मान्छेलाई समेटेर, आग्रह–पूवाग्रह नहेरेर संमग्र नेपाललाई उत्थान गर्छु भनेर अगाडि बढ्ने प्रतिबद्धता राख्नुपर्छ । जनताले पनि साथ दिन्छन् ।

उनले दुर्गम र विकट स्थानमा पाठ्य पुस्तक पुर्याउन सबै तहका कर्मचारी र सम्बन्धित व्यक्तिहरु परिचालित हुनुपर्ने सुझाव दिए । उनले भने, ‘प्रत्येक बर्ष सेसन सुरु हुन्छ भन्ने थाहा पाउने बित्तिकै दुर्गम र विकट पुस्तक पुर्याउन सबै कर्मचारी संयन्त्र र सरकार लाग्नुपर्छ । हालै भएको निर्वाचनमा करोड मतपत्र तत्कालै पुग्यो र चुनाव सम्पन्न भएको उदाहरण हामीसामू छ ।’

सरकार अल्पकालीन र दिर्घकालीन दुबै तरीकाले अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘अहिले दुई किसिमबाट सरकार जानुपर्छ–एउटा अल्पकालीन रुपमा । त्यस अन्तर्गत तत्कालिन राहत उपलब्ध गराउनेगरी अगाडि बढ्नुपर्छ ।  अर्को भनेको दिर्घकालीन अगाडि बढ्नुपर्छ। १० वा २० वर्षपछि रिजल्ट निकाल्ने निकाल्नेगरी रणनीति बनाउनुपर्छ ।’

उनका अनुसार देशको अभिभावक भनेको सरकार भएकाले सबै मन्त्रालय वा निकायहरुले छलफल, विचार–विमर्स गरेर बुद्धी पुर्याएर काम गर्नुपर्छ । नेपाल जति सुन्दर विश्वमै अरु देश नभएकाले नेपाललाई समृद्ध गर्नलाई समय धेरै नलाग्ने उनको जिकिर थियो ।

nactional life
Corporatebazar 11 Anniversary

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

वि.सं.२०८२ चैत ३० सोमवार ११:०१

मानसिक रोग धेरै कारणले हुने गर्छ । सामाजिक विभेद, राजनीतिक...

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

वि.सं.२०८२ चैत २६ बिहीवार १३:५२

अहिले नेपालमा मात्र नभई विश्वभर नै नसर्ने रोगहरू प्रमुख चुनौती...

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

वि.सं.२०८२ चैत १५ आइतवार १२:१६

काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा...

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

वि.सं.२०८२ चैत १४ शनिवार १२:२२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

वि.सं.२०८२ चैत १४ शनिवार ०९:३३

chhatra Bahadur Bhatta is active in politics and social service...

निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा

निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा

वि.सं.२०८२ चैत ११ बुधवार १०:२७

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैत १७, १८...