back

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लगाउनुपर्ने व्यवस्थाका कारण भन्सारमा देखिएको अवरोध हटाउन सरकार पछि हटेको छ।

नयाँ निर्देशन जारी गर्दै सरकारले अब पैठारीकर्तालाई भन्सार बिन्दुमा एमआरपी ‘स्वघोषणा’ गरेरै सामान जाँचपास गर्न पाउने सुविधा दिएको छ।

यसअघि एमआरपी अनिवार्य गरिएपछि भन्सार नाकाहरूमा मालवस्तु अड्किएका थिए, जसले राजस्व संकलन र आपूर्ति प्रणालीमा समेत नकारात्मक असर पुर्‍याएको थियो।

स्वघोषणा र प्रतिबद्धताको नयाँ विकल्प

नयाँ व्यवस्थाअनुसार आयातकर्ताले वस्तुको मूल्य आफैँ घोषणा गर्न सक्नेछन्। यसका साथै, सामान बिक्री वितरण गर्नुअघि मात्र लेबल लगाउने लिखित प्रतिबद्धता जनाएमा पनि भन्सार जाँचपास हुने व्यवस्था मिलाइएको छ।

विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी औजार, तथा फलफूल र तरकारी जस्ता छिटो नष्ट हुने वस्तुको आयातमा देखिएको व्यवहारिक कठिनाइलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।

व्यवहारिक कठिनाइले संशोधनको बाटो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १५ देखि सबै आयातित वस्तुमा अनिवार्य एमआरपी लागू गर्ने निर्णय गरेको थियो। तर, उक्त व्यवस्था कार्यान्वयनमा जाँदा आयातकर्ताहरूले प्रक्रिया बहिष्कार गरेपछि सरकार नीति सच्याउन बाध्य भएको हो।

हाल आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐन निर्माणको तयारी भइरहेको छ। यसै सन्दर्भमा एमआरपी सम्बन्धी प्रावधानलाई कानुनी रूपमै थप स्पष्ट र व्यवहारिक बनाउने तयारी समेत भइरहेको सरकारी स्रोतले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...