back

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

nactional life

मानसिक रोग धेरै कारणले हुने गर्छ । सामाजिक विभेद, राजनीतिक अस्थिरता, बेरोजगारी, सामाजिक सञ्जालको प्रयोग साथै विदेशिनुका कारण पनि मानसिक समस्या आएको हुनसक्छ । कतिपय आफ्नै जीवनशैलीका कारण, शिक्षा, स्वास्थ्य जस्ता कारणले मानसिक समस्या निम्तिने गर्छ ।
गोपाल ढकाल
मनोविद्

काठमाडौं । नेपालमा पछिलो समय विभिन्न खालका अपराधिक घटनाहरू घट्नेक्रम बढेको छ । यस्ता घटनाले विकृतिहरू पनि बढेका छन् । रिस र आवेशमा सामान्य कुरालाई ठूलो बनाएर हत्यासम्म हुने गरेका घट्नालाई मनोरोगसँग जोडिने गरेका छन् । साथै मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग पनि सम्बन्धित हुने गरेका छन् ।

यसै सन्दर्भमा  मनोविद् गोपाल ढकालले युवापुस्तामा चिन्ता (एनजाइटी), डर–त्रास, डिप्रेसन तथा लागूपदार्थ र जाँडरक्सीको कुलत जस्ता समस्या व्यापक बन्दै गएको बताए ।

सामाजिक सञ्जाल र अनलाइन गेमप्रतिको लतले युवाहरु डिप्रेसन जाने गरेका छन् । पछिलो समय सामाजिक संजाल, अनलाइन गेमको लत जस्ता समस्याहरूले किशोर किशोरीहरूको मस्तिष्कमा अपराधिक सोच बढेको हुनसक्ने उनको तर्क छ ।

उनले भने, ‘मानिसहरुमा एनजाइटीब, डर–चिन्ता, डिप्रेसन, लागूपदार्थ सेवन, जाँडरक्सीको कुलत बढेको छ । डिप्रेसनमा जाने, निरास हुनेक्रम पनि बढ्दो छ । पछिल्लो समय मानिसमा सामाजिक संजाल, अनलाइन गेमको लत जस्ता समस्याहरू बढेका छन् ।’

उनले मानिसमा निराशा, आक्रोश बढ्नुको मुख्य कारण डिप्रेसन, एनजाइटीब, तनाव, लागूपदार्थ सेवन, सोसल मिडिया र अनलाइन गेमको कारणले आक्रोश बढ्न सक्ने उल्लेख गरे । साथै अनिन्द्रा र खानपानको कारणले गर्दा पनि मानिसहरू रिसाउने गरेको उनले बताए ।

डा.ढकालका अनुसार जेनजी आन्दोलनका क्रममा आपराधिक क्रियाकलाप, उत्तेजनाको काम र राज्यको संरचनामा क्षति पु¥याउने कामहरू भनेको आक्रोश हो । लामो समयदेखि युवापुस्तामा आक्रोश, निराशा र कुन्ठा दबेर बसेकाले राजनीतिक रूपमा विस्फोट भएको हो ।
जेनजी आन्दोलनको आक्रोश सामाजिक, आर्थिक, बिभेद र बेरोजगारी जस्ता धेरै कुराहरु जोडिएको उनले उल्लेख गरे ।

उनले भने, ‘जेनजी आन्दोलनको आक्रोश सामाजिक, आर्थिक, विभेद र बेरोजगारी जस्ता धेरै कुराहरु जोडिएको थिए,’ उनले भने, ‘यसलाई मानिसहरूले राजनीतिक रूपमा अभिव्यक्त गरेका हुन् । देश बिग्रेको राजनीतिले नै गर्दा हो भन्ने सोच थियो । तर सबै कुरा राजनीतिक मात्र होइन समाज, शिक्षा, बुझाइ र चेतनास्तर जस्ता कुराले प्रभाव पार्दछ ।’

उनले भने, ‘लामो समयदेखि युवा पुस्ताहरुमा आक्रोश, निराशा, कुन्ठा दबेर बसेको हामीले देख्यौं । त्यो राजनीतिक रूपमा विस्फोट भयो । कुनै न कुनै रूपमा विस्फोट हुने नै थियो । तर त्यो राजनीतिक रूपमा विस्फोट भयो । त्यसैले राजनीतिक रूपमा परिवर्तन भयो । तर त्यो आक्रोशको आन्दोलन थियो ।’

समाजमा आर्थिक, सामाजिक समस्या, विभेद, बेरोजगारी, मानसिक स्वास्थ्य समस्याहरू अझै समाधान हुन नसकेको उल्लेख गरे । युवाहरूमा नीति र अनुशासन नहुनु, कुलतमा फस्नेक्रम बढेको देखिन्छ । यसको परिणामहरू पछिलो हत्या र हिंसाका घटनाहरू बढ्दै गएको उनले बताए ।
समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, वेरोजगारी साथै विभेद विभिन्न खालका हुनसक्ने भएकाले त्यसविरुद्ध आक्रोश पैदा हुने गरेको र आन्दोलनको रुप लिने गरेको उनले सुनाए ।

पछिलो समय महत्वकांक्षा बढ्दै गएको तर महत्वकांक्षा पूरा गर्न नसक्नु, बेरोजगारसँगै समाज देखावटी हँुदै जानुले मानिसमा निराशा, रिस, आक्रोश बढेर गएको उनले बताए ।

तर मानसिक रोग भने विभिन्न कारणले हुने गरेको उनले प्रष्ट पारे । ‘मानसिक रोग धेरै कारणले हुन्छ । सामाजिक विभेद, राजनीतिक अस्थिरता, बेरोजगारी, सामाजिक सञ्जालको प्रयोग साथै विदेशिनुका कारण पनि मानसिक समस्या आएको हुनसक्छ,’उनले भने, ‘कतिपय चाहीं आफ्नै जीवन शैलीका कारण, आवश्यकता, शिक्षा, स्वास्थ्य जस्ता कारणले मानसिक समस्या हुने गर्दछ,’ उनले प्रष्ट पारे ।

उनले मानसिक रोगलाई पनि शारीरिक रोग जस्तै सामान्य रुपमा लिन आग्रह गरे । अन्धविश्वासलाई हटाउने र शिक्षा, चेतना विस्तार गर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्न उनको सुझाव छ ।

‘राज्यले पनि यस क्षेत्रमा लगानी गर्नुपर्यो । जनचेतना बढाउनुप¥यो । सेवालाई सर्वसुलभ बनाउनप¥यो । यसबाट मानसिक रोगलाई रोकथाम गर्न सकिन्छ,’ डा.ढकालले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा.क्षेत्री

ज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा.क्षेत्री

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३९

काठमाडौं । विश्वभर औसत आयु बढ्दै जाँदा ‘स्वस्थ बुढ्यौली’ अहिले...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...

डिजिटल बैंकिङ र सहकारी क्षेत्रको सुधारमा काम गर्ने दृढ संकल्प छ : रामशरण घिमिरे

डिजिटल बैंकिङ र सहकारी क्षेत्रको सुधारमा काम गर्ने दृढ संकल्प छ : रामशरण घिमिरे

वि.सं.२०८३ जेठ ६ बुधवार १३:२८

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन यहि...

चोरीका मोबाइल सेट र अनलाइन पेमेन्टका नाममा व्यवसायीलाई हैरानी दिइयो :रमेश कुमार घिमिरे

चोरीका मोबाइल सेट र अनलाइन पेमेन्टका नाममा व्यवसायीलाई हैरानी दिइयो :रमेश कुमार घिमिरे

वि.सं.२०८३ जेठ ३ आइतवार १७:०१

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेश कुमार...

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४३

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको...

पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य चुनौतीपूर्ण : पूर्वगर्भनर क्षेत्री

पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य चुनौतीपूर्ण : पूर्वगर्भनर क्षेत्री

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री डा.स्वर्णिम...