back

ईङवा हाईड्रोपावरले ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजना गर्ने

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष श्रीमति सुमित्रादेवि न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरि ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजना गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को वासालत तथा नाफा नोक्सान सम्वन्धि हिसावका सम्वन्धमा छलफल गरि पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले संचालन गरिरहेको ९.७ मे.वा. क्षमताको माथिल्लो ईङवाखोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य परियोजना हो ।

कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न गरी हाल नेपाल विद्युत प्राधिकरण समक्ष विद्युत खरिद विक्री सम्झौताका लागि निवेदन दिएको छ ।

ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरुप कम्पनीको संचालनमा रहेको माथिल्लो ईङवाखोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिव ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत शेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ ।

२०८० साल आषाढ महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत संभार गरि २०८० साल चैत्र २८ गतेवाट पाँचथर जिल्लाको हिलियाङ गाँउपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडी व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ ।

 

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

वि.सं.२०८३ असार २८ आइतवार १७:३५

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

वि.सं.२०८३ असार २३ मंगलवार १२:५३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४...