back
himalayan life

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ।

बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गरेकी हुन्।

महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले महत्वपूर्ण सहयोग पु¥याउने जनाएको छ।

प्रयोगशालाले उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोग न्यूनीकरण तथा खाद्य व्यवसायमा गुणस्तर कायम गर्न सहयोग गर्ने महानगरको भनाइ छ।

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले खाद्य अनुगमनका क्रममा नमुना परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको बताइन्।

उनले भनिन्,‘कहिलेकाहीँ दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ। त्यस क्रममा हामीलाई ल्याब टेस्टको आवश्यकता पर्छ। तर टेस्ट गर्न लामो समय लाग्ने र आफ्नै संरचना नहुँदा अरूमा निर्भर हुनुपर्ने अवस्था थियो ।’

उनले अब महानगरकै प्रयोगशाला सञ्चालनमा आएपछि केही परीक्षण स्थानीयस्तरमै गर्न सकिने र अनुगमनको काम थप सहज तथा प्रभावकारी हुने बताइन्।

‘यो सुरुवात हो, अझ यसलाई विस्तार गर्दै जानेछौँ। अनुगमनमा जाँदा महत्वपूर्ण काम भनेको नमुना परीक्षण हो। अब आफ्नै ल्याब भएपछि अनुगमनको कामलाई धेरै हदसम्म सहज र तीव्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ’उनले भनिन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...