back
himalayan life

विकास बैंकहले एक सातामै गरे साढे ५ अर्ब लगानी

काठमाडौँ । बिकास बैंकहरुले पछिल्लो समय आक्रमण रुपमा कर्जा प्रवाह गर्न सफल भएका छन् । बैंकहरुले एक सातामै कर्जा लगानी ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले बढेको विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन ‘डीबीएन’ ले जनाएको छ।

डीबीएनका अनुसार १५ वटा विकास बैंकहरुको निक्षेप एक सातामा अर्थात भदौ २६ देखि असोज १ गतेसम्म २ अर्ब ४ करोड ८० लाख रुपैयाँले बढेको हो । त्यस्तै कर्जा लगानी ५ अर्ब ५१ करोड ८० लाखले बढेको छ।

गत साताको तुलनामा निक्षेप ०.५५ प्रतिशतले बढेर ४ खर्ब ५१ अर्ब ८१ करोड ९० लाख पुगेको हो भने कर्जा लगानी १.३९ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ४० करोड ३० लाख पुगेको छ। यो तथ्यांकमा कर्पोरेट, साहारा र साल्पाका व्यवसायिक तथ्यांक जोडिएको छैन।

त्यस्तै राष्ट्रिय स्तरको विकास बैंकहरुमा निक्षेप ०.५९ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड १० लाखले बढेको छ भने कर्जा लगानी १.४६ प्रतिशत अर्थात ५ अर्ब ३९ करोड १० लाखले बढेको छ। निक्षेप ०.५९ प्रतिशतले बढेर ४ खर्ब १९ अर्ब ८४ करोड २० लाख पुगेको छ भने कर्जा लगानी १.४६ प्रतिशतले बढेर ३ खर्ब ७४ अर्ब १९ करोड ६० लाख पुगेको छ।

त्यस्तै क्षेत्रीय स्तरको विकास बैंकहरुमा निक्षेप यथावत रहेको छ भने कर्जा लगानी १२ करोड ६० लाख रुपैयाँले बढेको छ। कर्जा लगानी ०।४५ प्रतिशतले बढेर २८ अर्ब २० करोड ७४ लाख रहेको छ।

२०७८ असोज ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

वि.सं.२०८३ असार १५ सोमवार १८:४१

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...