back
himalayan life

अपी पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ । अपी पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ का लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (भदौ १७ गते) अन्तिम म्याद रहेको हो ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसको अर्थ आज भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन पाउने छ ।

कम्पनी सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० रहेका छन्।

सोही बैठकले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २७५.८९ करोड रुपैयाँको १ः०.३९३६ प्रतिशत अनुपातमा हुन आउने १०८.६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ।

कम्पनीले यही भदौ २५ गते १८ औँ वार्षिक साधारणसभा गर्दैछ। सोही सभाले लाभांश र बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः०.३९३६ को अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिने प्रस्ताव पनि पारित गर्नेछ।

हकप्रद जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

२०७८ भदौ १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...