back
himalayan life

‘‘एनएमबि सरल बचत फन्ड–ई’ का इकाइहरु आजबाट बिक्री खुला

काठमाडौँ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ का इकाइहरु आज( भदौ १७ गते) बाट बिक्री खुला भएको छ ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक क्यापिटल रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ४ करोड इकाइ बिक्री खुला गरिएको हो।

निष्कासन गरिएका इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाइ अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धकक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

खुलामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गते बैंकिङ समयपछि हुनेछ।

यस योजनालाई धितोपत्र बोर्डले गत साउन २२ गते निष्कासन अनुमति दिएको थियो।

२०७८ भदौ १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...