back
himalayan life

यूएईसंगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड, कृषि र पर्यटन सहकार्यका प्रमुख क्षेत्र हुन सक्ने

काठमाडौँ । नेपाल र संयुक्त अरव इमिरेट्सबीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड दिएको हो ।

नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छा बीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ ।

दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०÷२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो । सन् २०१९÷२० मा करिव १८ अर्व र २०१८÷१९ मा ३५ अर्वको व्यापार घाटा थियो । नेपालले तयारी पोसाक, हाते गलैचा तथा हस्तकलाका सामानहरू, मुसुुरोका दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चांदी, खनिज तेल र यससंग सम्बन्धित अन्य उत्पादनहरू, प्लाष्टिक्स तथा प्लाष्टिक्सजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ ।

उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उहांहरूको जोड थियो ।

नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरव इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइयो । हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएई बीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भयो । यसका लागि दुवै देशका सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्र बीचको समन्वय र सहकार्यलाई अझ घनीभुतढंगबाट लैजानुुपर्नेमा भेटवार्तामा जोड दिइयो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भव्यतालाई सफल पार्न आर्थिक कुटनीतिको सहयोगको अपेक्षा गर्नुभयो । यूएईसंग आर्थिक सम्बन्ध मजवुद वनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

राजदूत सइद हमदान अल नाकवीले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुर्वै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए ।
२०७८ भदौ १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...