back

एनआरएन डेभलपमेन्ट फन्डको रकम पूर्वाारमा लगानी गरेर प्रतिफल निकाल्छौँः अध्यक्ष पन्त

काठमाडौ । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फन्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभइ पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन् ।

पूर्वाधार तथा उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ । एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ ।

गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने योजना छ । जसअनुसार ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) ल्याउनेछ । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गरिने संघका अध्यक्ष कुमार पन्तले बताए ।

आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने छन् ।

‘यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५–७ सातामै परियोजना सुरु हुन्छ,’ उनले भने, ‘संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ ।’

संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधार कै क्षेत्रमा लगानी गरिने छ ।

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो ।

कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्‍याउने संघको योजना छ ।

नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने, ूसंस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।ू


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...