back
Naima

कुलमानको नियुक्ति बदर गर्न हितेन्द्र देवले दर्ता गरेको रिट न्यायधीश रेग्मीको इजलाशमा

 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको नियुत्ती बदर गर्न सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ । सोही रिटको पेशी न्यायधीश कुमार रेग्मीको एकल इजलाशमा तोकिएको छ ।

शाक्यले आफुले राजिनामा नदिएकै अवस्थामा कुलमानको नियुक्त कानून विपरित भएको र सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै गत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले दर्ता गरेको रिटमा कुलमानको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अनतरिम आदेश माग गरेका छन्।

आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनले उल्लेख गरेका छन् ।

शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको भनिएपनि उनी सर्वोच्च गएका हुन् ।

२०७८ भदौ २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...