रुरु हाइड्रोद्धारा दुई आर्थिक वर्षको लाभांश घोषणा

वि.सं.२०७८ भदौ २ बुधवार

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।
२०७८ भदौ २ गते प्रकाशित

प्रकाशित समय : ०५:०३ बजे