back

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यलयमा स्तरोन्नति

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

बैंकले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाकै नागराईन नगरपालिका वडा नम्बर २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

बैंकले यस अघि नै बैंकले सुनसरी जिल्लाको बराहाक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ । अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो सँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

२०७८ भदौ २ गते प्रकाशित


आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...