back

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन २६.३८ प्रतिशत बढ्यो, नाफा कति ?

nactional life

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ३० करोड २९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३ करोड ६० लाखरुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४।२७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आय ३ करोड ४५ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०३.४७ प्रतिशतले बढेर १७ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ८ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

कम्पनीकोे व्यवस्थापन खर्च १४.०३ प्रतिशतले बढेर २२ करोड ८६ लाख १७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च २० करोड ४ लाख ८३ हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीले ९ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९।७४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ६ करोड ३६ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको बीमा कोषको आकार बढेर ११ करोड ७ हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष बीमा कोषमा ६ करोड २३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा तथा कोषको आकार ४ करोड ८० लाख रुपैयाँबाट बढेर ९ करोड ८ लाख ८९ हजार रुपैयाँको उचाइमा पुुगेको छ ।

यो अवधिमा कम्पनीले १ लाख २८ हजार १८४ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ९१ हजार २२७ वटा बीमालेख जारी गरेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.५२ रुपैयाँ रहेको छ। पीई रेसिया ८५.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.१० रुपैयाँ रहेको छ।
२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...