मौद्रिक नीति सार्वजनिक हुनु अगावै बाहिरीयो, सूचना चुहाउनेलाई कारबाही गर्न इम्शनको माग

वि.सं.२०७८ साउन २९ शुक्रवार

काठमाडौँ । आज साझ सवा ४ बजे सार्वजनिक हुने भनिएको मौदिक नीति सार्वजनिक हुनु अगाबै बाहिरीएको छ ।
आज सार्वजनिक हुनु अगावै केही मिडियाहरुले अनाधिकृत रुपमा सर्वजनिक गरेसँगै इकोनमिक मिडिया सोसाइटी नेपाल(इम्सन) सूचना चुहाउने जो कोहीलाई कारबाही गर्न माग गरेको छ ।
इम्सोनले एक विज्ञप्ति जारी गर्दै यसरी अनाधिकृत रुपमा सूचना चुहाउनेलाई कारबाहीको माग गरेको हो । इम्सोनको जारी विज्ञप्तिमा यसरी नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको जनाईएको छ । “उक्त दफा अनुसार राष्ट्र बैंकका सञ्चालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आउको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्न नपाउने व्यबस्था हुँदा हुँदै सूचना चुहावट हुन गम्भिर रहेको छ ।” ‘अतः यस विषयमा छानविन गरि सूचना चुहावट गराउने संचालकमाथि कारबाही गरि राष्ट्र बैंकको स्वयत्तता जोगाई राख्न हामी जोडदार माग गर्दछौँ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०७८ साउन २९ गते प्रकाशित

प्रकाशित समय : ०९:४८ बजे