मेन्छियाम हाइड्रोले १६ करोडको आईपीओ निष्काशन गर्दै, बिक्रि प्रबन्धकमा एनआइसी एशिया

वि.सं.२०७८ साउन २९ शुक्रवार

काठमाडौँ । मेन्छियाम हाइड्रो पावरले आईपीओ जारी गर्ने भएको छ । मेन्टियामले स्थानीयबासी तथा सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको जारी गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धमा एनआईसी एशिया क्यापिटल नियुक्त भईसकेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
२०७८ साउन २९ गते प्रकाशित

प्रकाशित समय : ०८:२९ बजे