सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०७८ साउन २९ शुक्रवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढोत्तरी भएको छ । यो दिन सुन तोलामा ३ सय रुपैयाले बढेको हो । यो सँगै आज नेपाली बजारमा तोलाको ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २५० कायम भएको छ । यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आउँदै प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।
२०७८ साउन २९ गते प्रकाशित
प्रकाशित समय : ०७:३३ बजे





















