back

हिमालयन डिस्टिलरीको नाफामा उछाल, यस्ता छन् अन्य सूचकहरु

nactional life

काठमाडौँ। हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्ना सबै वित्तीय सूचकहरुमा चमक ल्याएको छ । कोभिड महामारीको बीचमा पनि व्यापारमा उल्लेख्य वृद्धि भएको आज सर्वजनिक वित्तीय विवरणमा देखिएको हो ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १२२.९० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले ४६ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ३६.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कुल बिक्री रकम ४ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म बढेर ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा कम्पनीको वित्तीय खर्च र प्रशासनिक खर्च क्रमशः ४३.१३ प्रतिशत र २३.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३ करोड २ लाख रुपैयाँ रहेको वित्तीय खर्च घटेर १ करोड ७२ लाख रुपैयाँमा र प्रशासनिक खर्च १४ करोड ६८ लाख रुपैयाँबाट घटेर ११ करोड २२ लाख रुपैयाँमा झरेको छ।

चुक्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ६८.५९ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६७ करोड ३९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.७२ रुपैयाँले बढेर ११९.९४ रुपैयाँ पुगेको छ। पीई रेसियो ४५.९६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २३०.९५ रुपैयाँ रहेको छ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...