back

नेपाल बैंकको वित्तीय सूचकमा छलाङः नाफा ३.६ अर्ब, वितरणयोग्य मुनाफा साढे ३ अर्ब

nactional life

काठमाडौँ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनीक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा सबै वित्तीय सूचकमा चमक छाएको छ । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३१.४० प्रतिशत बढेर ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ आर्जन भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको असार मसान्तसम्ममा खुद ब्याज आम्दानी ६ अर्ब ४६ करोड ६ लाख ३६ हजार रुपैयाँ आर्जन भएको छ । जुन अघिल्लो आर्थिक वर्षको १४.९८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ५ अर्ब ६१ करोड ८८ लाख १९ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेर ८८ करोड ८२ लाख ५५ हजार रुपैयाँ, सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ३४ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन मुनाफा १४.७२ प्रतिशत बढेर ८ अर्ब २२ करोड ७५ लाख ७१ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ५८.२० प्रतिशत बढेर ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष ९.९९ प्रतिशत बढेर २० अर्ब ६२ करोड १९ लाख ५९ हजार रुपैयाँ, निक्षेप १४.९९ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ र कर्जा ३०.२३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ५३ करोड ६१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...