back

नेपाल बैंकको वित्तीय सूचकमा छलाङः नाफा ३.६ अर्ब, वितरणयोग्य मुनाफा साढे ३ अर्ब

काठमाडौँ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनीक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा सबै वित्तीय सूचकमा चमक छाएको छ । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३१.४० प्रतिशत बढेर ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ आर्जन भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको असार मसान्तसम्ममा खुद ब्याज आम्दानी ६ अर्ब ४६ करोड ६ लाख ३६ हजार रुपैयाँ आर्जन भएको छ । जुन अघिल्लो आर्थिक वर्षको १४.९८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ५ अर्ब ६१ करोड ८८ लाख १९ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेर ८८ करोड ८२ लाख ५५ हजार रुपैयाँ, सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ३४ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन मुनाफा १४.७२ प्रतिशत बढेर ८ अर्ब २२ करोड ७५ लाख ७१ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ५८.२० प्रतिशत बढेर ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष ९.९९ प्रतिशत बढेर २० अर्ब ६२ करोड १९ लाख ५९ हजार रुपैयाँ, निक्षेप १४.९९ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ र कर्जा ३०.२३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ५३ करोड ६१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ ।

२०७८ साउन २९ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

वि.सं.२०८२ जेठ २८ बुधवार २१:२२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको...

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

वि.सं.२०८२ जेठ २८ बुधवार १८:०४

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण...