एनआईबिएल प्रगति फन्ड र समृद्धि फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०७८ साउन २८ बिहीवार
काठमाडौँ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । एनआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ को गत आर्थिक वर्षको घोषित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यी दुवै योजनाको लाभांश प्रयोजना भोलि (साउन २९ गते) एक दिनका लागि बुक क्लोज गर्न लागेको हो । यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले यी योजनाहरुको नगद लाभांश पाउनेछन्।
कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक रहेको यी योजनामध्ये एनआईबिएल प्रगति फन्डले करसहित ५० प्रतिशत र एनआईबिएल समृद्धि फन्ड–१ ले करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
२०७८ साउन २८ गते प्रकाशित
प्रकाशित समय : ०४:४१ बजे