back

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय,यि हुन् खोप लगाउने स्थान

काठमाडौँ । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएका छन् ।

अब विद्यार्थीले प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप पाउने भएका छन् । खोप लगाउने स्थान वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई खोप लगाउने जनाएको छ ।

परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।

२०७८ साउन २७ गते प्रकाशित


तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४९

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५...

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि...

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:१०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०५

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने...

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा...