back

रिलायबल लाइफको नाफामा सामान्य सुधार, अन्य अधिकांश सूचकहरु सन्तोषजनक

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । आज सार्वजनीक गरेको वित्तीय विवरण अनुसार कम्पनीको समिक्षा अवधिमा वित्तीय उपलब्धि सन्तोषजनक नै देखिएको छ ।

प्रिमियमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको यस कम्पनीको समिक्षा अवधिमा खुद नाफा ५.३९ प्रतिशत बढेर २२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँ मात्रै रहेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ प्रतिशत बढेर २ अर्ब ९५ करोड गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन १ अर्ब ५७ करोड रुपैयाँ गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८८.०३ प्रतिशत बढेर ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको कुल कायम बीमालेख संख्या १०६.१० प्रतिशत बढेर ३६ लाख ९६ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा कुल कायम बीमालेख संख्या १७ लाख ५१ हजार थियो ।

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी स्थिर रहेर १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३१ प्रतिशत बढेर ८४ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोष १२०.८९ प्रतिशत बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दिर्घकालिन कर्जा ११६.६५ प्रतिशत बढेर ३ अर्ब ९३ करोड रुपैयाँ गरेको छ । बीमालेख धितो कर्जा ४५६.५८ प्रतिशत बढेर ६ करोड २८ लाख रुपैयाँ दिएको छ ।

कम्पनीले गत असार मसान्तसम्म खुद दाबी भुक्तानी १२३.६३ प्रतिशत बढेर ६७ करोड ९८ लाख रुर्पयाँ गरेको छ । अभिकर्ता कमिसन पनि ६९.७८ प्रतिशत बढेर ४२ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको ८३ पैसा बढेर प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीको नेटवर्थ १६५ रुपैयाँ छ ।

२०७८ साउन २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...