सूर्योदय लघुवित्तको नाफामा उछाल, १४८.७४ प्रतिशतले बढ्यो

वि.सं.२०७८ साउन १९ मंगलवार

काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ ।
कम्पनीले समिक्षा अवधिमा १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन, गत आर्थिक वर्षको तुलनामा १४८.७४ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाले ८ करोड ३७ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। त्यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि ४५।३१ प्रतिशतले बढेर २९ करोड १७ लाख रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी २० करोड ७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ५८.१५ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ११ करोड ५८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १८ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २४ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४२.५८ रुपैयाँ पुगेको छ। पीई रेसियो ४०.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७३.८५ रुपैयाँ रहेको छ।
२०७८ साउन १९ गते प्रकाशित

प्रकाशित समय : ०७:०० बजे