back
himalayan life

दोहोरो सुविधा रोक्न भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक गर्दै नगरपालिका

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अद्यावधिक गर्न सुरु गरेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्न वडावडामा अद्यावधिक र नवीकरण शिविर शुरु गरेको हो ।

नगरपालिकाले पटकपटक सूचना गरी दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्न आग्रह गरे पनि कार्यान्वयन नभएकाले गाउँमै गएर शिविर गर्न थालेको हो । नगरपालिकामा सामाजिक सुरक्षा भत्तामा पेन्सन सुविधा लिइरहेका वा अन्य पदमा रहेकाहरु समेत समेटिएकाले उनीहरुलाई रोक्न शिविर गर्न थालिएको हो । “विगतमा सामाजिक सुरक्षा भत्तामा समेटिएकाहरुका नाम र उमेर मात्र हामीसँग छन्, उनीहरुका नागरिकता, आवश्यक कागजात पनि सङ्कलन गर्न थालेका छौँ,” सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा एकाइ समन्वय समितिका प्रमुख चेतबहादुर बोहराले भने, “कागजात नपुगेकाहरुका कागजात सङ्कलन र विवरण अद्यावधिक गर्न थालेका छौँ, भत्ता लिने लाभग्राहीलाई नवीकरणका लागि अनिवार्य सहभागी हुन भनेका छौँ ।”

बोहरा यसले लामो समयदेखि भत्ता खाइरहेकाहरुको विवरण सही आउने र गलत तवरले सेवा लिनेहरुको लगत कट्टामा सहयोग पुग्ने बताए । “हामीले सूचना गरेर सेवाग्राहीले टेरेनन्, अब यसरी अनिवार्य अद्यावधिक गर्न भनेपछि गलत कागजात वा दोहोरो सेवा लिनेहरु आउने छैनन्”, उनी भन्छन्, “यसअघिका कतिपय लगतहरुमा तीन पुस्ते कायम नगरिएको, दोहोरो दर्ता भएका, मृत्युपश्चात् लगत कट्टा नभएका लगायतका समस्यालाई समाधान गर्न सहयोग पुग्छ ।”

नौ वडा रहेको नगरपालिकाका १४ स्थानमा अद्यावधिक शिविर आयोजना भइरहेको छ । लाभग्राहीलाई आवतजावतमा सहज होस् भनी नगरपालिकाले गाउँगाउँमा जनशक्तिसहित शिविर गरिरहेको हो । गाउँमै नवीकरण तथा नपुगेका कागजात अद्यावधिक गर्न पाएपछि स्थानीयवासी समेत खुशी छन् ।

साथै नगरपालिकाले चालु आर्थिक वर्ष ०७८–७९ देखि नगरपालिका क्षेत्रभित्र रहेका ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक अपाङ्गता भत्ता उपलब्ध गराउने निर्णय भएकाले यसरी भइरहेका दर्ता शिविरमा दर्ता हुन अपाङ्गता भएकाहरुलाई पनि सामाजिक सुरक्षा भत्ताले समेटिरहेको छ । “यस वर्षदेखि ‘ग’ वर्गका अपाङ्गता भएकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्, विगतमा जिल्लाबाट परिचयपत्र बनाएकाहरु छन्, अब पालिका आफैँले परिचयपत्र दिइरहेको छ”, महिला बालबालिका शाखाका प्रमुख सङ्गीता शाहले भने, “हामीले परिचयपत्र नवीकरणमा आउँदा पालिकाबाट नयाँ परिचयपत्र दिन थालेका छौँ, सजहताका लागि यहीँ शिविरमै सेवा दिइरहेका छौँ ।”

नगरपालिकामा गत वर्षको तथ्याङ्कअनुसार सामाजिक सुरक्षा भत्ता खानेको सङ्ख्या आठ हजार १०० रहेको छ । भत्ता खानेहरुको नवीकरण गर्ने समय असोजसम्म भए पनि नगरपालिकाले यो पटक भदौभित्र गरिसक्ने गरी काम थालेको छ । चालु वर्षदेखि नगरपालिकाले त्रैमासिकरूपमा भत्ता वितरण गर्ने तयारी गरेको जनाएको छ ।

२०७८ साउन १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...