अरुण काबेली पावरको नाफामा उल्लेख्य प्रगति, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ साउन १८ सोमवार

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ । कम्पनीले सार्वजनीक गरेको विवरण अनुसार नाफामा १६८.३८ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनले समिक्षा अवधिमा २८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी पनि ७३.५५ प्रतिशतले बढेर ७० करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ७२ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड २९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको रिजर्भको आकार पनि २१६.०६ प्रतिशतले बढेर २९ करोड २२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड २४ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.२८ रुपैयाँ रहेको छ। पीई रेसियो २५.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८.४३ रुपैयाँ रहेको छ।
२०७८ साउन १८ गते प्रकाशित

प्रकाशित समय : ०५:१६ बजे