back
himalayan life

अरुण काबेली पावरको नाफामा उल्लेख्य प्रगति, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ । कम्पनीले सार्वजनीक गरेको विवरण अनुसार नाफामा १६८.३८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनले समिक्षा अवधिमा २८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी पनि ७३.५५ प्रतिशतले बढेर ७० करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ७२ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड २९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भको आकार पनि २१६.०६ प्रतिशतले बढेर २९ करोड २२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड २४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.२८ रुपैयाँ रहेको छ। पीई रेसियो २५.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८.४३ रुपैयाँ रहेको छ।

२०७८ साउन १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...