आशा लघुवित्तको नाफामा आकर्षण, १७२ प्रतिशतले बढ्यो
वि.सं.२०७८ साउन १७ आइतवार
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक नजिता प्राप्त गरेको छ । लघुवित्तले समिक्षा अवधिमा १७२.६५ प्रतिशतले हुन आउने १२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा संस्थाले अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ६६ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।
यस्तै लघुवित्तले समीक्षा अवधिमा सञ्चालन मुनाफा १४९.३९ प्रतिशतले बढेर १८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७ करोड ४२ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी २६ करोड २० लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ५४.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ९१ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब १९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार २७६.५५ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ४ करोड ६० लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी ९ईपीएस० ४७।६० रुपैयाँ पुगेको छ। पीई रेसियो ३९।०६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.९४ रुपैयाँ रहेको छ।
२०७८ साउन १७ गते प्रकाशित
प्रकाशित समय : ०४:५४ बजे






















