back

नबिल बैंक र डीभी एक्सिलसबीच सम्झौता, किसानलाई कृषि कर्जा प्रदान गर्ने

काठमाडौँ । खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानलाई नबिल बैंकले सजिलै कर्जाको सुविधा ल्याएको छ । नबिल बैंक र डीभी एक्सिलसबीच किसानहरुका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गर्ने सम्झौता भएको हो ।

यस रणनीतिक साझेदारीअन्तर्गत किसानलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल एक प्रमुख बैंकका रुपमा अगाडि बढेको छ। यसैगरी किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई तथा लघुवित्तकाका प्रमुख निरज बस्नेत (डनिल)को उपस्थिति थियो। डीभी एक्सिलसका मुख्य सञ्चालन अधिकृत किरण नायर र मुख्य प्रविधि अधिकृत सुभाष भट्टराई पनि सहभागी थिए।

साझेदारीका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘नबिल बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो। हामी डीभी एक्सिलसस‘गको यस सहकार्यद्वारा कृषकहरुको आवश्यकताअनुसार कृषि कर्जा प्रदान गरी उनीहरुको उत्पादन क्षमता वृद्धि गरी देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहु‘च पुर्याउने अभियानमा सहकार्य गर्न पाउँदा उत्साहित छौँ।’

यस साझेदारीस‘गै नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानका साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसँधानको सहज उपलब्धता र सहज वित्तीय पहु‘चमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुआत गरेको छ।

बैंकिङ क्षेत्रमा ‘एग्रिकल्चर भ्याल्यू चेन फाइनान्सिङ’ को भिन्न प्रयोग गरी कृषकहरुलाई उचित वित्तीय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाउँदा गर्व महसुस भएको नबिल बैंकले जनाएको छ।

यस सहकार्यअन्तर्गत खेती एपका माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ। खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन।

त्यस्तै यस सहकार्यका बारेमा बोल्दै डीभी एक्सिलसका निर्देशक प्रधानले भने, ‘यस सहकार्यका माध्यमबाट डीभी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपका माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ। यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरुलाई सहजै वित्तीय पहुच प्रदान गर्नु हो, जसले साना कृषकलाई नवीनतम टेक्नोलोजी, उपकरण, मशीनरी, प्रविधि र सरसधानको प्रवाह लाई प्रोत्साहित गर्दछ।’

नबिल बैंकका बारेमा

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटीएम, ५ विस्तारित काउन्टर र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहकेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत तथा सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्षको बैंकिङ्ग अनुभवका साथ बैंकका ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणका लागि लक्षित छ।

डीभी एक्सिलसका बारेमा

डीभी एक्सिलस एक कृषि खाद्य प्रविधि कम्पनी हो। यो कम्पनी कृषि–क्षेत्रमा एकीकृत समाधानको विकास र कार्यान्वयन गरिरहेको छ। डीभी एक्सिलसको एक प्रमुख उत्पादन ‘खेती एप’ हो। खेती एप एक वेबसाइट र मोबाइलमा आधारित प्लेटफर्म हो। जसले मुख्य रूपबाट दुई प्रमुख ग्राहक समूहहरु किसान र उपभोक्तालाई लक्षित गरिरहेको। डीभी एक्सिलसले आफ्नो खेती एपमा आजसम्म १० हजार बढी किसान, ३ हजार बढी उपभोक्ता, १०० बढी रेस्टुरेन्ट तथा होटेल र नेपालका प्रमुख कृषि व्यवसायीलाई आबद्ध गरिसकेको छ।

२०७८ साउन १७ गते प्रकाशित


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...