back
himalayan life

डिप्रोक्स लघुवित्तको नाफामा सुधार, १५९.५४ प्रतिशतले बढ्यो

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मा आउँदा राम्रो वित्तिय अवस्था कायम गरेको देखिएको छ ।

कम्पनीले आज सार्वजनीक गरेको वित्तीय अवस्था अनुसार संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा १५९.५४ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

गत आवको यस अवधिमा कम्पनीले ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको असार मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ९५ करोड ९७ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा १ अर्ब ३७ करोड ३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । जुन ४२.७८ प्रतिशतले बढी हो ।

यस्तै सञ्चालन मुनाफा पनि ६६.३१ प्रतिशतले बढेर ७६ करोड ८१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब २९ करोड ४५ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
६ अर्ब निक्षेप ५४ करोड १७ लाख ६७ हजार रुपैयाँ संकलन गरेको संस्थाले १५ अर्ब २३ लाख ३८ हजार ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा संस्थाको खराब कर्जा २.४७ प्रतिशतबाट घटेर ०.९२ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ ।

२०७८ साउन १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...