डिप्रोक्स लघुवित्तको नाफामा सुधार, १५९.५४ प्रतिशतले बढ्यो

वि.सं.२०७८ साउन १५ शुक्रवार

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मा आउँदा राम्रो वित्तिय अवस्था कायम गरेको देखिएको छ ।
कम्पनीले आज सार्वजनीक गरेको वित्तीय अवस्था अनुसार संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा १५९.५४ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।
गत आवको यस अवधिमा कम्पनीले ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवको असार मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ९५ करोड ९७ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा १ अर्ब ३७ करोड ३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । जुन ४२.७८ प्रतिशतले बढी हो ।
यस्तै सञ्चालन मुनाफा पनि ६६.३१ प्रतिशतले बढेर ७६ करोड ८१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब २९ करोड ४५ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
६ अर्ब निक्षेप ५४ करोड १७ लाख ६७ हजार रुपैयाँ संकलन गरेको संस्थाले १५ अर्ब २३ लाख ३८ हजार ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा संस्थाको खराब कर्जा २.४७ प्रतिशतबाट घटेर ०.९२ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ ।
२०७८ साउन १५ गते प्रकाशित

प्रकाशित समय : ०७:१४ बजे