महुली लघुवित्तको सूचकमा उल्लेख्य सुधार, नाफा ३५५.१६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?
वि.सं.२०७८ साउन १५ शुक्रवार
काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य आर्थिक उपलब्धी गरेको छ । कम्पनीले समिक्षा अवधिमा खुद नाफा ३५५.१६ प्रतिशतले बढाएको हो । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा २ करोड १५ लाख ४१ हजार रुपैयाँ कारोबार गरेकोमा गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ८० लाख ४७ हजार रुपैयाँ आर्जन गरेको हो ।
लघुवित्तको गत असार मसान्तसम्म खुद ब्याज आम्दानी ३४.४८ प्रतिशत बढेर २३ करोड ७८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही खवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७ करोड ६८ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २९२.९४ प्रतिशत बढेर १३ करोड ७० लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको ञ्चालन मुनाफा ३ करोड ४८ लाख ७१ ह्जार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ४०.२१ प्रतिशत बढेर २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ र जगेडा कोष ६१.५२ प्रतिशत बढेर २४ करोड ८० लाख २७ हजार रुपैयाँ जम्मा रहेको छ ।
लघुवित्तको सापटी ४३.०३ प्रतिशत बढेर १ अर्ब ५५ करोड ६७ लाख ४४ हजार रुपैयाँ, निक्षेप संकलन १८.५७ प्रतिशत बढेर १ अर्ब २९ करोड २ लाख ७६ हजार रुपैयाँ र कर्जा ३८.१६ प्रतिशत बढेर २ अर्ब २२ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३० पैसा बढेर ४३ रुपैयाँ ७८ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ ।
२०७८ साउन १५ गते प्रकाशित
प्रकाशित समय : ०६:५० बजे