back

बीमा कम्पनीको सम्पत्ती शुद्धिकरणमा कडाई गरिने गर्न समितिले साउनभित्रै ‘गो–एएमएल’ प्रयोगमा ल्याउँदै

काठमाडौँ । बीमा समितिले साउन महिनाभित्रमा देशको बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण तथा आतङ्ककारी क्रियाकतापमा वित्तीय लगानी विरुद्धको सफ्टवयेर गो एएमएल(एन्टी मनी लन्ड्रीङ सिस्टम)अनिवार्य लागु गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थापछि अब बीमा कम्पनीहरूले पनि ‘गो–एएमएल’ सफ्टवेयर अनिवार्य प्रयोग गर्नुपर्ने भएको हो ।

नमुना परिक्षणका रुपमा विभिनन पाँच वाटा जीवन बीमा कम्पनीहरुबाट लागु गर्न शुरु गरीएको जनाउँदै बीमा समितिले अब यही साउनभित्रै सबै बीमा कम्पनीलाई उक्त सफ्टवयर प्रयोगमा ल्याउन लगाउने तयारी गरेको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा पनि उक्त सफ्टवयर प्रयोगमा ल्याउने विषय समावेश गरेको छ । सफ्टवयर प्रयोगमा ल्याउन अघिल्ला वर्षदेखि नै योजना तथा पुर्वतयारी हुँदै आएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
समितिले यसअघि नै सो सफ्टवेयर प्रयोगमा ल्याउन खोजेको थियो । तर, कोरोना महामारीका कारण यसमा ढिलाई भएको समितिले बताएको छ । यसअघि विभिन्न ५ वटा जीवन बीमा कम्पनीमा परीक्षणको रूपमा यो सफ्टवेयर प्रयोग भएइसकेको छ ।

बीमा समितिले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशका २०७५’ लागू गरिसकेको छ । बीमा क्षेत्रमा पनि स्रोत नखुलेको सम्पत्ति भित्रिन सक्ने सम्भावना भएको भन्दै समितिले सफ्टवेयर प्रयोगमा ल्याउन लागिएको हो । यसका लागि विश्व बैंकले नै सफ्टवेयर बनाएको थियो । नेपालमा नेपाल राष्ट्र बैंक मार्फत उक्त सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

नेपालमा जीवन बीमा गर्दा एकल प्रिमियममा भुक्तानी गर्ने प्रबृत्ती बढेको निर्जीवन बीमामार्फत् सम्पत्ती शुद्धिकरणमा योगदान पुगिरहेको आरोप लाग्ने गरेको छ । तथापि, राज्यका निकायले उक्त आरोपको स्वतन्त्र अनुसन्धान गरेर ठोस आधार प्रस्तुत गर्न सकेका छैनन् । बीमा समितिले उक्त सफ्टवयर प्रयोग गर्न बीमा कम्पनीका कर्मचारीलाई हिजो आइतबार तालीम दिएको थियो ।

२०७८ साउन ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...