back

अब एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट आइपिओ भर्न सकिने

काठमाडौँ । अब एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट साधारण सेयर(आजईपिओ) मा आवेदन मिल्ने भएको छ । बैंकले ग्राहकलाई सेयरमा आवेदन दिन सजिलो होस् भनेर नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङमार्फत विभिन्न कम्पनीले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवा सुरु गरेको हो ।

उक्त बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा दिएका ग्राहकले सेयर र डिबेन्चरमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन मिल्नेछ ।

उक्त बैंकको एनआइसी एसिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको अप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ । अप्लाई सेयर आइकनमा ट्याप गरेपछि त्यसभित्र आइपिओ खुलेका कम्पनीमध्ये आफुले चाहेको कम्पनी छानेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको सर्त तथा नियम पालना गरेर अप्लाई गरेपछि आवेदन पूरा हुनेछ ।

ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपिओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आइपिओ आवेदन दिनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले जनाएको छ ।

बैंकले आफ्नो वेबसाइट एनआइसीएसियाबैंक डट कम रहेको अप्लाई नाउ आइकनमा ट्याप गरेर समेत आइपिओ आवेदन दिन सकिने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७८ साउन ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...