back

सरकारले खर्च गर्न नसकेर ३ खर्ब बजेट फ्रिज !

nactional life

काठमाडौँ । विश्व भरि फैलिएको कोरोना महामारीकाबीचमा पनि सरकारले गत आर्थिक वर्ष ०७७/७८ मा साढे ८ खर्ब राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार असार मसान्तसम्म सरकारले लक्ष्यको अधिकतम ९३.४१ प्रतिशत अर्थात् ८ खर्ब ५२ अर्ब ८० करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्ष सरकारले कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्वको उठाउने लक्ष्य राखेको थियो ।

त्यसै अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो ।

यस्तो भुक्तानीमा असार ३१ गते नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ लाख सरकारले वित्तीय व्यवस्थामा भुक्तानी दिएको महालेखाले जनाएको छ ।

यता आर्थिक वर्ष भरीको बजेट खर्चमा भने, सरकारले असार ३१ गतेसम्ममा कुल विनियोजित खर्चको ८०.०३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब १७ करोड ४ मात्र खर्च गर्न सकेको महालेखा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट विनियोजन गरेको थियो ।

महालेखा नियन्त्रकका अनुसार गत आर्थिक वर्षको अन्तिम दिन चालु खर्च तर्फ कुल ८ खर्ब ५१ अर्ब ४५ करोड ७९ लाख अर्थात् विनियोजित बजेटको अधिकतम ८९.७३ प्रतिशत खर्च भएको छ भने, पुँजीगत खर्च तर्फ जम्मा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख अर्थात् विनियोजित बजेटको ६४.५३ प्रतिशत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चका लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

वित्तीय व्यवस्था तर्फ भने, कुल १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख बजेट विनियोजन गरिएकोमा असार अन्तिमसम्ममा कुल बजेटको ५८.४४ प्रतिशत अर्थात् १ खर्ब ९७ करोड ४१ लाख मात्र खर्च गरेको महालेखा कार्यालयले जनाएको छ ।

यस्तै, गैरकर तर्फ सरकारले चालु आर्थिक वर्षका लागि कुल ९९ अर्ब ८० करोड ९४ लाखको लक्ष्य राखेकोमा असार ३१ सम्ममा लक्ष्यको ६५.०४ प्रतिशत अर्थात् ६४ अर्ब २६ करोड ७१ लाख संकलन गरेको छ ।

सरकारले गत आवमा करिब ३ खर्बको बजेट खर्च गर्न सकेन । गत आर्थिक वर्ष आय व्ययसहित कुल अनुमति १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट छुट्याएको थियो ।

उक्त विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्तिम असार ३१ गतेसम्म सरकारले जम्माजम्मी ११ खर्ब ८० अर्ब १७ करोडको मात्र खर्च गर्न सकेको छ ।

यो सरकारको नियमित (चालु) खर्च, पुँजीगत (विकास) खर्च र साँवा ब्याज भुक्तानी (वित्तीय) खर्च समेत गरेर आएको एकमुष्ट खर्च हो । यसरी चालु आर्थिक वर्षका लागि छुट्याइएको खर्चमध्ये करिब ३ खर्ब रुपैयाँ बराबरको बजेट सरकारले खर्च गर्न सकेको छैन ।

बजेट खर्चको सोझै हिसाबले चालु आर्थिक वर्षको कुल बजेटको करिब २० प्रतिशतले हुन आउने २ खर्ब ९४ माथिको बजेट सरकारले खर्च गर्न नसकेको हो । यो रकम चालु आर्थिक वर्षका लागि फ्रिज हुने भएको हो ।

२०७८ साउत ३ गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...