back

आइतबारदेखि लागुहुने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन

काठमाडौँ । आइतबार देखि लागुहुने गरी धितोपत्र कारोबार सञ्चालन नियमावली,२०७५ संधोधन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन गरेको हो । साउन ३ गतेबाट लागू हुनेगरी कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू गरेको छ।

नेप्सेले विनियमावलीको विनियम (१२) को उपविनियम (१) मा संशोधन गरेको छ। जसअनुसार अब प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम (१२) को उपविनियम (१) अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने भनी उल्लेख थियो।

त्यस्तै नेप्सेले विनियम १३ को उपविनियम (१) मा संशोधन गरेको छ। संशोधित उपविनियमअनुसार अब धितोपत्र व्यवसायीले धितोपत्रको कारोबारका लागि विनियम १२ बमोजिम मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम १३ को उपविनियम (१) मा मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १ रुपैयाँ वा १ रुपैयाँले भाग जाने पूर्ण अंकमा मूल्य प्रविष्टी गर्नुपर्ने भनिएको थियो।

यसैगरी नेप्सेले मूल विनियमावलीको विनियम १३ को उपविनियम (२) संशोधित विनियमावलीबाट हटाएको छ। मूल नियमावलीको विनियम १३ को उपविनियम (२) मा यसअघि जुनसुकै कुरा लेखिएको भए पनि ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्रको कारोबार हुने भएमा १ रुपैयाँभन्दा कम हुने गरी पैसासमेत उल्लेख गरी मूल्य परिवर्तन गरी मूल्य प्रविष्ट गर्न सकिने भनी उल्लेख थियो।

२०७८ साउन १ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

वि.सं.२०८१ चैत १२ मंगलवार १६:०३

काठमाडौ। आज  नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

६ दिनदेखि लगातार घटिरहेको शेयर बजार सोमबार भने बढ्यो

६ दिनदेखि लगातार घटिरहेको शेयर बजार सोमबार भने बढ्यो

वि.सं.२०८१ चैत ११ सोमवार १६:४४

काठमाडौं। सोमबार नेप्से परिसूचक २६.१० अंक बढेर २६४०.७८ विन्दुमा पुगेको...