back

आइतबारदेखि लागुहुने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन

nactional life

काठमाडौँ । आइतबार देखि लागुहुने गरी धितोपत्र कारोबार सञ्चालन नियमावली,२०७५ संधोधन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन गरेको हो । साउन ३ गतेबाट लागू हुनेगरी कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू गरेको छ।

नेप्सेले विनियमावलीको विनियम (१२) को उपविनियम (१) मा संशोधन गरेको छ। जसअनुसार अब प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम (१२) को उपविनियम (१) अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने भनी उल्लेख थियो।

त्यस्तै नेप्सेले विनियम १३ को उपविनियम (१) मा संशोधन गरेको छ। संशोधित उपविनियमअनुसार अब धितोपत्र व्यवसायीले धितोपत्रको कारोबारका लागि विनियम १२ बमोजिम मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम १३ को उपविनियम (१) मा मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १ रुपैयाँ वा १ रुपैयाँले भाग जाने पूर्ण अंकमा मूल्य प्रविष्टी गर्नुपर्ने भनिएको थियो।

यसैगरी नेप्सेले मूल विनियमावलीको विनियम १३ को उपविनियम (२) संशोधित विनियमावलीबाट हटाएको छ। मूल नियमावलीको विनियम १३ को उपविनियम (२) मा यसअघि जुनसुकै कुरा लेखिएको भए पनि ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्रको कारोबार हुने भएमा १ रुपैयाँभन्दा कम हुने गरी पैसासमेत उल्लेख गरी मूल्य परिवर्तन गरी मूल्य प्रविष्ट गर्न सकिने भनी उल्लेख थियो।

२०७८ साउन १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...