back

नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न अर्थमन्त्री शर्माले दिए नाडालाई सुझाव

काठमाडौँ । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई सुझाव दिएका छन् ।

मन्त्री शर्माले अर्थ मन्त्रालयमा नाडा प्रतितिनिधिमण्डलसँगको छलफलमा नेपालमै अटोमोबाईल उद्योग स्थापना गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री शर्माले भने ‘नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह गर्छु, त्यसका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउन सहयोग गर्नेछ।’

उनले नेपालको अटोमोबाइल क्षेत्रमा भएका समस्याहरु प्रस्तुत गर्न आग्रह गर्दै ती समस्यामाथि सरकारले छलफल गरी समाधान गर्ने बताए । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको भन्दै सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे आफ्नो धारणा राखेका थिए। उनले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गरिदिन समेत आग्रह गरेका हुन् ।

दुलालले नेपालमा लोकलमा उत्पादित अटोमोबाइल स्पेयर पार्टस तथा लुब्रिकेन्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुब्रिकेन्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि पनि आग्रह गरेका हुन् । आउँदो मोद्रिक नीति अटोमोबाइल व्यवसायीमैत्री आउने आशा पनि व्यक्त गरे।

छलफलमा नाडाका उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारीसाधनको आयात नेपाल राष्ट्र बैंकले सवारीसाधनहरुको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापका कारण आर्थिक बर्ष २०७३/७४ देखि नै  क्रमशः घटन थालेको जानकारी दिए। त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको उनले बताए।

छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने बिल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए।
छलफलमा नाडाका सचिव अनुप बराल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।

२०७८ साउन १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...