यूनियन लाइफको आइपीओ ५ः३० बजे बाँडफाँड हुँदै
वि.सं.२०७८ असार ३१ बिहीवार
काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ आजै ५ः३० देखि बाँडफाँड हुने भएको छ। ‘प्रि–अलोटमेन्ट सकिईसकेको जनाउँदै कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटले अब साँझ ५ः ३० बजेदेखि बाँडफाँडको लागि तयारी गरिएको जनाएको हो ।
कम्पनीको आईपीओमा १५ लाख ७४ हजार बढीको हात खाली हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ७४ हजार ९९ को हात खाली हुने भएको छ ।
कम्पनीको आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । यसमध्ये कुल योग्य आवेदनको संख्या भने २१ लाख १२ हजार ७९९ जना रहेको क्यापिटलले जानकारी दिएको छ ।कम्पनीको अनुसार ६५ हजार १ सय ७५ जनाको आवेदन विभिन्न कारणले रद्द भएका छन्।
क्यापिटलका अनुसार ४ हजार ८ सय १ आवेदन डुब्लिकेशन भएको जनाएको छ । क्यापिटलले ‘प्रि अलोटमेण्ट’ कार्य सकेकाले उक्त आईपीओ आजै बाँडफाँड हुने जनाएको छ ।योग्य कुल आवेदक मध्ये ५ लाख ३८ हजार ५ सय जनालाई न्युनतम १० कित्ता आईपीओ पर्ने छ ।
कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।जसमा ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था गरेको थियो ।
२०७८ असार ३१ गते प्रकाशित
प्रकाशित समय : ११:२० बजे