back

नेसनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार बुधबारबाट

काठमाडौँ । महिला सहयात्रा लघुवित्त र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक्वीजीसन भएसँगै यही बुधबारबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गरेपछि असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नेसनल माइक्रोफाइना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन हुनेछ । यी दुवै लघुवित्तको गत जेठ २५ गतेसम्म आआफ्नो साधारणसभाबाट प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए।

यसैगरी दुवै लघुवित्तको प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिस्ट्रारको कार्यालय गत असार २४ गते अन्तिम स्वीकृति दिएका थिए।

प्राप्तिपछि संस्थाको रजिस्टर्ड केन्द्रीय कार्यालय धादिङको निलकण्ठ नगरपालिका–३ पुछारबजारस्थित नेसनल माइक्रोफाइनान्सकै केन्द्रीय कायम रहने बताइएको छ।

एकीकृत कारोबारका लागि दुवै संस्थाको तथ्यांक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने भएकोले डाटा इन्टिग्रेसनका लागि असार २९ गते एक दिनका लागि महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ।

२०७८ असार २५ गते प्रकाशित


आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...