back

यूनियन लाइफको आईपीओमा पहिलो दिन नै साढे एक गुणा बढी आवेदन

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा पहिलो दिन नै साढे एक गुणा आवेदन परेको छ । आज बेलुका सम्म मात्रै उक्त आइपीओमा ४ लाख ६१ हजार ३६५ जनाले ८२ लाख ४७ हजार ८८० कित्ता सेयरका लागी आवेदन दिएका हुन्। यो मागभन्दा १.४२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन तथा बिक्री गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

सर्वधाधरण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।लगानिकर्ताहरुले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन् ।

२०७८ असार २४ गते प्रकाशित


राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

राधि विद्युत कम्पनीको लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५५

काठमाडौं । राधि विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:३९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक...

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:५५

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।...

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

युनियन मेवा हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

युनियन मेवा हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ मंसिर २२ शनिवार १२:११

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने...