मैलुङ खोला जलविद्युत् कम्पनीले करिब साढे ७ करोड रुपैयाँको आइपिओ जारी गर्दै
वि.सं.२०७८ असार २४ बिहीवार
काठमाडौँ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड अब छिट्टै करिब साढे सात करोडको आइपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले हिजोमात्रै ७ करोड ३६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति पाएको हो।
धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युतलाई १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यो आईपीओ कम्पनीको चुक्तापुँजीको कुल २० प्रतिशतबराबर हुनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
२०७८ असार २४ गते प्रकाशित
प्रकाशित समय : ०५:५६ बजे