back

यी तीन बैंकले लिए निर्धारीत दायराभन्दा बढी कल निक्षेप

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ बाणिज्य बैंकहरुले बैंक तथा वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी देखिएको छ ।

जेठ मसान्तसम्म हेर्दा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकले राष्ट्र बैंकले तोकोको भन्दा बढि कल निक्षेप लिएका हुन् । केन्द्रीय बैंकको नियम अनुसार वाणिज्य बैकहरुको कल निक्षेप कुल निक्षेपको १० प्रतिशत मात्रै लिन पाउँछन् ।

तर, चालु आर्थिक वर्षको जेठसम्मको तथ्याङक अनुसार नबिल बैंकले कुल निक्षेपमा सबैभन्दा धेरै १२.६९ प्रतिशत कल निक्षेप संकलन गरेको छ । कुल निक्षेप २ खर्ब २१ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको कल निक्षेप मात्र २८ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको कल निक्षेपमा कल निक्षेपको हिस्सा १२.३६ प्रतिशत रहेको छ । बैंकको १ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ कुल निक्षेप रहेको छ । सो मध्ये बैंकको कल निक्षेपमा २१ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै सिद्धार्थ बैंकको कुल निक्षेपमा कल निक्षेपको अंश १०.२० प्रतिशत रहेको छ । बैंकको कुल निक्षेप १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । सो निक्षेप मध्ये १७ अर्ब ५८ करोड रुपैयाँ कल निक्षेपमा हरेको हो ।कल निक्षेपको सीमा नाघेको अवस्थामा कस्तो कारबाही गर्ने भन्ने सन्दर्भमा भने केन्द्रीय बैंकले अहिलेसम्म पनि स्पष्ट व्यवस्था गर्न सकेको छैन ।

२०७८ असार २४ गते प्रकाशित


सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

वि.सं.२०८१ माघ २८ सोमवार १८:४५

काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ...

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ माघ २८ सोमवार १४:४२

काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावन प्रा. लि. मा...

नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २७ आइतवार १८:३१

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप...

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

वि.सं.२०८१ माघ २७ आइतवार १८:२५

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...