back

कृषि विकास बैंक र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौँ। कृषि विकास बैंक लिमिटेड र निजामती अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा विधाननिधि पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायज्यूले हस्ताक्षर गरेका छन्। आगामी १० वर्षसम्मका लागि यी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।

सम्झौताबमोजिम अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्।

आगामी साउन महिनादेखि उल्लेखित सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालको बिलिङ काउन्टर बैंकले सञ्चालन गर्ने भएबाट अस्पतालको सो सेवासमेत अझै प्रभाकारी हुने विश्वास लिइएको छ।

सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमती प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठ्ठाघरका प्रबन्धक खेटराज दाहाललगायत अन्य कर्मचारीको समेत उपस्थिति थियो। अस्पतालका तर्फबाट लेखा शाखाका प्रमुख चूडामणि गौतम, कर्मचारी युनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेललगायत अन्य कर्मचारीेको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन निजामती अस्पतालका उपसचिव भोला चापागाईले गरेका थिए।

देशको ७७ जिल्लामा एक्सटेन्सन काउन्टरसमेत गरी २८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारका क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ।

२०७८ असार २३ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...