बुधबार ४ सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०७८ असार २३ बुधवार

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी यो दिन चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको छ ।
हिजो मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
२०७८ असार २३ गते प्रकाशित

प्रकाशित समय : ०६:२८ बजे