back

बाढीपहिरोका कारण पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले बाढीपहिरोका कारण क्षति पुर्याएका पुलको पुनर्निमाण तथा मर्मत संभारका लागि कार्यदल गठन गरी अध्ययन गर्न लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको हो । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो । सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ ।

कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ । अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ ।

२०७८ असार २२ गते प्रकाशित


बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि १ खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको...

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:१३

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ...

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १४:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आज सुनको असर्फी...