back

शैलुङ इन्टरप्राइजेज कम्पनी १५ कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार काम गर्ने १५ कम्पनी तथा व्यावसायीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरीद अुनगमन कार्यालयले ४ कम्पनीलाई २ वर्ष र ११ कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।

आजदेखि लागू हुनेगरि प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडका सिफारिशमा सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा सिफारिस गरिएको हो ।

फ्रेण्ड्स अर्बिट कन्स्ट्रक्सन सर्भिसेज प्रालि कन्काई झापा, हिमालय कन्स्ट्रक्सन प्रालि सङ्खुवासभा, सन्देश सौगात ट्रेड एण्ड सप्लायर्स विराटनगर, चुन फार्मेसी पोखरा, गुरा निर्माण सेवा जुम्ला, अम्बा स्टोर धरान, नीरज स्टिल फर्निचर उद्योग लहानलगायत ११ कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१०)बमोजिम मङ्सिर १६ गतेदेखि लागू हुने गरी १ वर्षका अवधिसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुनेछन् ।

कालोसूचीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको कम्पनी पनि परेको छ । ललितपुर खुमलटारका शारदा प्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज २ वर्षका लागि कालोसूचिमा परेको हो । कम्पनीले आगामी २ वर्षसम्म सरकारी निकायले सार्वजनिक गरेको कुनै पनि बोलपत्रमा सहभागी हुन पाउँदैन ।

२०७८ असार २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...