back

‘आरविवि म्युचुअल फण्ड’ भोलीदेखि बिक्रि खुला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रवद्र्धित आरविवि म्युचुअल फण्डमा भोलीदेखि आवेदन दिन सकिने छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत १ अर्ब रुपैंया (१० करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ भोली (असार २३ गते) बुधबार देखि बिक्री खुल्ला गर्न लागेको हो ।

यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम १ करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो शेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मा गई आवेदन दिन सक्नु हुनेछ । छिटोमा असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

२०७८ असार २२ गते प्रकाशित


आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...