back

ग्लोकल टीन हिरो २०२० मन्दिराको कथा

मन्दिरा श्रेष्ठ ! यो नाम २०२० को अखबार, हरेक अन्लाईन पोर्टल्समा धेरै देखियो। १९ वर्षीया मन्दिरा श्रेष्ठ, एक युवा स्वास्थ्य कार्यकर्ता एवमं अभिएन्ता र वाई वाई ग्लोकल टिन हीरो २०२० काराष्ट्रिय पुरस्कार प्राप्तकर्ता हुन्। उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टिम लीडरको रूपमा काम गरेकी छिन्। उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन्। राष्ट्रिय किशोर किशोरी फोरमले उचित अवसरबाट बञ्चित छोरीहरूको अवस्था सुधार गर्न काम गर्दछ। त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन्। स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी SRHR त्मा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।

उनी सानै उमेरदेखी सामाजिक कार्यहरुमा सक्रियरुपमा लागिरहेकी छिन। उनको बाल्यकालको दिनहरु स्मरन गर्दा उनले सानै उमेरदेखी परोपकारी भावना लिएर अरूलाई सहयोग गर्ने र सेवा गर्ने कुरामा अग्रसर रहिन्। जब उनी छैठौं कक्षामा पढ्थिन, तब उनी आफ्नो स्कूलको एक बाल क्लबमा भर्ना भइन् । उनी एक सक्रिय विद्यार्थी थिइन् जसले प्राथमिक विद्यालयमा हुँदा देखि नै नयाँ चीजहरू अन्बेशन गर्दथिन । १० बर्षको कलिलो उमेरमा पहिलो पटक बाल अधिकारको क्षेत्रमा उनको सन्लग्नता प्रगाढ रुपमा अगाडि बढयो। त्यस बेला देखी नै उनको स्वास्थ्य सक्रियताको यात्रा शुरु भयो।

स्वास्थ्य क्षेत्र सँगसङै आफ्नो शैक्षिक ज्ञान साझा गर्न, नर्सिङ कोर्सको पहुच एवम विकास गर्न नेपाल अनलाइन स्कूल संग काम गरिरहेकी छिन। यसै गरी, उनले सम्बन्धित संगठनको सहयोगमा राष्ट्रिय बाल प्रतिनिधि र राष्ट्रिय किशोर प्रतिनिधिको रूपमा सबैको समान अधिकारको लक्ष्यका लागि वकालत गरिरहेकी छिन। यस बाहेक, उनी त्रि–पद्मा बाल क्लबको सहयोगी, एक समुदाय स्वयंसेवक, र एक क्च्ज्च् ट्रेनर पनि हुन। कोभीड महामारीको क्रममा विभिन्न मिडिया मार्फत कोभीड १९ का बारेमा जागरुकता बढाउँदै बच्चाहरू र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा लागि काम गरिरहेकी छिन् । उनले यस अघि ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा ट्रस्ट (आरएचईएसटी) का सह–प्रशिक्षक, को रुपमा पनि कार्य गरेकी थिन।

उनी नेपालका सम्पूर्ण किशोरकिशोरी तथा युवा बर्गहरुकोलागी एक प्रेरणाको स्रोत बनेकी छिन । सानै उमेरमा पनि आफ्नो परिवार, समाज तथा राष्ट्रप्रती योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्दिरा एक सकारात्मक सोचको प्रतिमुर्ती हुन्। हालसालै, मन्दिरा र क्यूआरसी का टोलीले सिन्धुपाल्चोक जिल्लाको तालामराङ, मेलम्ची, र हेलाम्बु क्षेत्रमा बाढी पीडितहरूको उद्धार अभियान सुरु गरेका छन्। स्वास्थ्य शिविरहरूको माध्यमबाट उनी पीडित र असुरक्षितलाई सिन्धुपाल्चोक प्रकोप साइटमा सहयोग गर्दैछिन्।

उनी यौन स्वास्थ्य र प्रजनन, लैङ्गिक समानता र यौन अल्पसंख्यकहरूको पक्षमा वकालत गर्न जारी राख्न चाहन्छिन्।आफ्नो ज्ञान र क्षमताको लाभ उठाउने आशा राख्छिन् र विश्वलाई राम्रो स्थान बनाउनको लागि आफुले योग्दान दिन पछी नहत्ने बताउछिन । उनले आफ्नो शिक्षा पूरा गरे पछि स्वास्थ्य क्षेत्रमा एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था  को लागी काम गर्ने योजना बनाएकी छिन।

२०७८ असार २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...