मनकामना स्मार्ट लघुवित्तको आईपीओ १६ लाख बढीले दिए आवेदन
वि.सं.२०७८ असार २० आइतवार
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा चौथो दिन(आज) सम्ममा १६ लाख भन्दा बढीले आवेदन दिएका छन् । आइतबार बिहान ११ बजेसम्म १६ लाख १२ हजार ९०१ जनाले २ करोड १२ लाख ७० हजार ३० कित्ताको लागि आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । यो माग गरिएको भन्दा ५९ गुणा आवेदन परेको हो ।
संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।
संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गते र ढिलोमा असार ३१ ग्तेसम्म आवेदन दिन सकिने छ ।
२०७८ असार २० गते प्रकाशित
प्रकाशित समय : ०६:२५ बजे





















