back

रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउन

काठमाडौँ । ई–कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो ।

१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रति दिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ । त्यसै गरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर प्रति दिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

आपसी सहमतीमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैंयामा उपलब्ध गराउने छ ।

रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ ।

बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर ,अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ । यसका लागि दरबारमार्गस्थित रिचार्जरको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

२०७८ असार १९ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...